इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको निधन भएको सरकारी टेलिभिजनद्वारा पुष्टि
इरान । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी को निधन भएको इरानको सरकारी टेलिभिजनले पुष्टि गरेको छ। सरकारी प्रसारणमा एक प्रस्तोताले आँसु भरिएको स्वरमा खामेनीको मृत्युको घोषणा गर्दै देशभर ४० दिन शोक मनाइने जानकारी दिएका छन्।
यसअघि डोनाल्ड ट्रम्प ले सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत खामेनीको मृत्यु भएको दाबी गरेका थिए। उनले आफ्नो पोस्टमा खामेनीलाई ‘इतिहासका सबैभन्दा खराब व्यक्तिमध्ये एक’ भन्दै अब उनको मृत्यु भइसकेको उल्लेख गरेका छन्।
शनिबार अमेरिका र इजरायल ले इरानका विभिन्न सहरहरूमा संयुक्त आक्रमण गरेको समाचार सार्वजनिक भएको थियो। त्यसको भोलिपल्ट खामेनीको निधनको खबर बाहिर आएको हो।
खामेनीको निधनसँगै इरानमा राजनीतिक तथा सुरक्षा अवस्थाबारे चासो बढेको छ भने क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा यसको प्रभावबारे विश्लेषण सुरु भएको छ।
