काठमाडौं महानगरपालिकामा खाजाको समयमा पनि सेवा निरन्तर

काठमाडौं महानगरपालिका ले दिउँसोको मध्यान्न खाजाको समयमा पनि आफ्ना सेवा अविछिन्न रूपमा सञ्चालन हुने व्यवस्था मिलाएको जनाएको छ।

महानगरका विभाग, आयोजना, सचिवालय, एकाइ, कार्यक्रम तथा वडा कार्यालयहरूबाट प्रवाह हुने सेवामा कर्मचारीलाई आलोपालो रूपमा कार्य विभाजन गरी सेवा निरन्तर सञ्चालन गरिएको महानगरले जनाएको हो।

महानगरपालिकाका अनुसार सेवाग्राहीलाई जुनसुकै समयमा पनि सेवा लिन सहज होस् भन्ने उद्देश्यले खाजाको समयमा समेत सेवा प्रवाह निरन्तर राखिएको हो।

त्यसैगरी, सेवा प्रवाहमा कुनै गुनासो भए टोल फ्री नम्बर १६६००१०५५११ वा ११८० मा सम्पर्क गरी गुनासा टिपाउन महानगरले अनुरोध गरेको छ। साथै, गुनासो सुनुवाइ प्रक्रियामा समेत सेवाग्राहीलाई सक्रिय सहभागिता जनाउन आग्रह गरिएको छ।

Sarita Karmakar