सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा ३ हजार ६०० रुपैयाँले ओरालो
स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ। सुनको मूल्य प्रतितोला ३ हजार ६०० रुपैयाँले घट्दा चाँदीको मूल्य १६५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ का अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम भएको छ। त्यस्तै चाँदीको मूल्य प्रतितोला ४ हजार ७८० रुपैयाँ निर्धारण गरिएको छ।
यसअघि बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य ४ हजार ९४५ रुपैयाँ रहेको थियो। त्यस्तै मङ्गलबार सुन प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ र चाँदी ४ हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारतर्फ भने सुन र चाँदीको मूल्य उच्च रहेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आज एक औँस सुन करिब ५ हजार २०० अमेरिकी डलर र चाँदी ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
