मंगलबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

बिराटनगर । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण आज दुवै बहुमूल्य धातुको भाउ बढेको हो।

महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज छापावाल सुनको मूल्य प्रति तोला दुई लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ। सोमबार भने सुन प्रति तोला दुई लाख ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। यस अनुसार एकै दिनमा सुनको मूल्य प्रति तोला ४०० रुपैयाँले वृद्धि भएको देखिन्छ।

त्यसैगरी चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। मंगलबार चाँदी प्रति तोला चार हजार ८२० रुपैयाँ पुगेको छ, जुन सोमबारको चार हजार ७८० रुपैयाँको तुलनामा ४० रुपैयाँले बढी हो।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा हुने दैनिक उतारचढावका आधारमा नेपाली बजारमा सुन तथा चाँदीको मूल्य निर्धारण गरिन्छ।

Sarita Karmakar