शनिबार–आइतबार सेयर कारोबार बन्द, अब सोमबारदेखि शुक्रबारसम्म मात्र खुल्ने

बिराटनगर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर कारोबार तालिकामा महत्वपूर्ण परिवर्तन गर्दै अबदेखि शनिबार र आइतबार कारोबार बन्द गर्ने निर्णय गरेको छ।

सरकारले सार्वजनिक बिदा सम्बन्धी नयाँ व्यवस्था लागू गर्दै शनिबार र आइतबार दुई दिन बिदा दिने तथा कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने निर्णय गरेसँगै नेप्सेले पनि आफ्नो कारोबार समय सोही अनुरूप परिमार्जन गरेको हो।

नेप्सेले जारी गरेको सूचनाअनुसार अब धितोपत्र कारोबार सोमबारदेखि शुक्रबारसम्म साबिककै समयमा सञ्चालन हुनेछ भने शनिबार र आइतबार पूर्ण रूपमा बन्द रहनेछ।

यसअघि सेयर बजार आइतबारदेखि बिहीबारसम्म खुल्ने र शुक्रबार तथा शनिबार बन्द हुने व्यवस्था रहेको थियो। नयाँ तालिकासँगै लगानीकर्ताले अब अन्तर्राष्ट्रिय अभ्यासअनुसार पाँच दिन मात्र कारोबार गर्न पाउने भएका छन्।

Sarita Karmakar