गगन थापाले सभापति पदबाट राजीनामा दिए

काठमाडौं । गगन थापाले नेपाली कांग्रेसको सभापति पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा उपसभापति विश्वप्रकाश शर्मालाई बुझाएका हुन्।

समानुपातिक उम्मेदवारहरूको सूची बुझाउने विषयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि थापाले राजीनामा बुझाएको एक नेताले जानकारी दिएका छन्। स्रोतका अनुसार उनले राजीनामा पत्र सार्वजनिक नगर्ने सर्तमा पेश गरेका हुन्।

भोलि बस्ने केन्द्रीय कार्यसमितिको बैठक थापाको अध्यक्षतामा नबस्ने बताइएको छ। बैठक ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा दिउँसो १ बजे बस्नेछ।

उक्त बैठकमा थापाको राजीनामाबारे विस्तृत छलफल हुने र केन्द्रीय समितिले राजीनामा अस्वीकृत गर्दै फिर्ता लिन आग्रह गर्ने सम्भावना रहेको नेताहरूले बताएका छन्।

Sarita Karmakar