आज सुन र चाँदीको मूल्यमा गिरावट
बिराटनगर । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँले घटेको छ। बुधबार प्रतितोला २ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको सुन बिहीबार घटेर २ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। बुधबार प्रतितोला ५ हजार २५ रुपैयाँ रहेको चाँदी आज १५० रुपैयाँले घटेर ४ हजार ८७५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।
व्यवसायीहरूका अनुसार पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हाल विश्व बजारमा एक औँस सुन ४ हजार ७१३ अमेरिकी डलर र चाँदी ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय मूल्यमा आएको गिरावटले आगामी दिनमा पनि स्थानीय बजारमा थप प्रभाव पार्न सक्ने देखिएको छ।
