सुन–चाँदीको मूल्यमा वृद्धि, सुन तोलामा २ लाख ९६ हजार ९०० रुपैयाँ
बिराटनगर । नेपाली बजारमा सुन तथा चाँदीको मूल्यमा शुक्रबार उल्लेखनीय वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँ कायम भएको छ। बिहीबार प्रतितोला २ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य एकैदिन २ हजार २०० रुपैयाँले बढेको हो।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बिहीबार प्रतितोला ४ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ८५ रुपैयाँले बढेर ४ हजार ९६० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
