दुई नयाँ मन्त्री नियुक्त : उद्योगमा गौरीकुमारी, श्रममा रामजी

विराटनगर । सरकारले मन्त्रिपरिषद् विस्तार गर्दै दुई नयाँ मन्त्री नियुक्त गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गौरीकुमारी यादव लाई दिइएको छ भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी रामजी यादव लाई सुम्पिएको छ।

नवनियुक्त दुवै मन्त्री हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बहालवाला सांसद हुन्। उनीहरूले आजै राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ।

शपथग्रहणपछि उनीहरूले आ–आफ्नो मन्त्रालयमा पुगेर औपचारिक रूपमा पदभार ग्रहण गर्नेछन्।

यसअघि श्रम मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका दीपक कुमार साह विवादमा परेपछि पदमुक्त भएका थिए। त्यस्तै, उद्योग मन्त्रालयको जिम्मेवारी हालसम्म प्रधानमन्त्रीले नै सम्हाल्दै आएका थिए।

सरकारको यो निर्णयलाई मन्त्रिपरिषद् विस्तार तथा कार्यक्षमता बढाउने प्रयासका रूपमा हेरिएको छ।

Sarita Karmakar