पेट्रोलियम मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन
काठमाडौं । पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धिको विरोधमा शनिबार माइतीघर मण्डला मा प्रदर्शन गरिएको छ।
राष्ट्रिय जेन–जी नागरिक अभियान र कुशासनविरुद्धको महाअभियानले संयुक्त रूपमा आयोजना गरेको प्रदर्शनमा सहभागीहरूले मूल्यवृद्धिका कारण आम नागरिकको जनजीवन कष्टकर बन्दै गएको बताएका छन्।
प्रदर्शनकारीहरूले तत्काल पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी नागरिकलाई राहत दिन तथा बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
उनीहरूले मूल्यवृद्धि रोक्न ठोस कदम चाल्न र जनमुखी नीतिहरू लागू गर्न सरकारसँग मागसमेत गरेका छन्।
