प्रतिनिधिसभाद्वरा राष्ट्रपतिको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित
बिराटनगर । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाले रामचन्द्र पौडेलले संयुक्त सदनमा गरेको सम्बोधनप्रति धन्यवाद प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले राष्ट्रपतिको सम्बोधनलाई सकारात्मक रूपमा लिँदै धन्यवाद ज्ञापन गरेको हो। यसअघि राष्ट्रपतिले संघीय संसद्को संयुक्त बैठकमा सरकारका नीति, कार्यक्रम तथा समसामयिक विषयहरूबारे आफ्नो धारणा प्रस्तुत गरेका थिए।
सांसदहरूले सम्बोधनमा उठाइएका विषयहरूलाई देशको समग्र विकास र स्थायित्वका लागि महत्त्वपूर्ण रहेको बताएका छन्।
प्रतिनिधिसभाबाट धन्यवाद प्रस्ताव पारित भएसँगै राष्ट्रपतिको सम्बोधनलाई औपचारिक समर्थन प्राप्त भएको छ।
