राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी वैशाख १६ गते बस्ने
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी वैशाख १६ गते बुधबार बस्ने भएको छ।
पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठ का अनुसार बैठकमा चुनावपछिको परिवर्तित राजनीतिक सन्दर्भका विषयमा व्यापक छलफल गरिनेछ।
बैठकमा पार्टीको आगामी रणनीति तय गर्ने, निर्वाचनको समग्र पक्षको समीक्षा गर्ने तथा संगठनलाई पुनर्ताजगीका साथ अघि बढाउने विषयमा विशेष ध्यान दिइने जनाइएको छ।
यसका साथै, केन्द्रीय कार्यसमितिको बैठक बस्ने मिति निर्धारण, आगामी कार्यक्रमहरू तय गर्ने लगायत विविध विषयमा पनि छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन्।
