एमसीसी खारेज हुनुपर्ने अडान; हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङ ले एमसीसी खारेज हुनुपर्ने अडान पुनः दोहोर्‍याएका छन्।

आफूहरू जिम्मेवार देशभक्त प्रतिपक्ष भएको उल्लेख गर्दै उनले एमसीसी खारेजको विषयमा आफ्नो धारणा स्पष्ट पारेका हुन्। साम्पाङले उपसभामुख पद कुनै दलको नभई राज्यको पद भएको जिकिर गर्दै आफ्नो पार्टीको त्यसमा कुनै स्वार्थ नरहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत् उनले लेखेका छन्, “हामी जिम्मेवार देशभक्त प्रतिपक्ष हौँ! उपसभामुख राज्यको पद हो, पार्टीको होइन! हाम्रो कुनै स्वार्थ छैन!”

यसैगरी, उनले स्वाधीनता र राष्ट्रभक्तिसम्बन्धी आफ्ना मुद्दा अटल रहेको उल्लेख गर्दै एमसीसी खारेजको मागबाट पछि नहट्ने बताएका छन्। “हाम्रा स्वाधीनता र राष्ट्रभक्तिका मुद्दा अटल छन्! अझै भन्छु, एमसीसी खारेज गर्नै पर्छ! शंका नगर्नु नेपाली रगतलाई!” उनले भने।

Sarita Karmakar