नेपाल टेलिकमको मोबाइल सेवामा अवरोध, प्रयोगकर्ताहरू समस्यामा

बिराटनगर । नेपाल टेलिकमको मोबाइल सेवामा समस्या देखिँदा देशभरका प्रयोगकर्ताहरू प्रभावित भएका छन्। शनिबार बिहानदेखि धेरै प्रयोगकर्ताहरूले फोन कल गर्न नसक्ने र मोबाइल डेटा प्रयोग गर्न नपाएको गुनासो गरेका छन्।

प्रयोगकर्ताहरूका अनुसार मोबाइलमा नेटवर्क टावर देखिए पनि कल गर्दा नलाग्ने तथा इन्टरनेट चलाउन खोज्दा डेटा सेवा अवरुद्ध भएको छ। यसले दैनिक कामकाज, सञ्चार तथा अनलाइन सेवामा निर्भर रहेका सेवाग्राहीहरूलाई असहज बनाएको छ।

अहिलेसम्म टेलिकमले नेटवर्कमा समस्या आउनुको स्पष्ट कारणबारे आधिकारिक जानकारी सार्वजनिक गरेको छैन। समस्या समाधानका लागि प्राविधिक टोली काम गरिरहेको अनुमान गरिएको छ।

Sarita Karmakar