दलका प्रतिनिधिबिना सेनाले मात्रै मतपेटिका बोक्नु हुँदैन : हर्क साम्पाङ
बिराटनगर । हर्क साम्पाङ ले चुनावी मतपेटिका ढुवानी प्रक्रियाबारे चासो व्यक्त गरेका छन्। उनले दलका प्रतिनिधिबिनै नेपाली सेना ले मात्र मतपेटिका गणना स्थलसम्म लैजानु उपयुक्त नहुने बताएका हुन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले मतपेटिका सिधै सेनाले लैजाने भन्ने चर्चा आएको उल्लेख गरे। यस्तो अवस्थामा राजनीतिक दलका प्रतिनिधिको उपस्थिति अनिवार्य हुनुपर्ने उनको भनाइ छ।
“दलका प्रतिनिधिबिना सेनाले मात्रै मतपेटिका बोक्नु हुँदैन। प्रतिनिधिबिना त्यसो गरिए शंका उत्पन्न हुन सक्छ,” उनले भने।
मतदान प्रक्रियालाई पारदर्शी र विश्वसनीय बनाउन सबै सरोकारवाला पक्षको सहभागिता आवश्यक रहेको उनले जोड दिएका छन्। प्रतिनिधिबिनाको ढुवानीले निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठ्न सक्ने उनको तर्क छ।
आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन मतपेटिका व्यवस्थापन र ढुवानी प्रक्रियामा स्पष्ट मापदण्ड र निगरानी आवश्यक रहेको उनले बताएका छन्।
