राप्रपा उम्मेदवार कुमोद रायको घरदैलो अभियान तीव्र

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मोरङ क्षेत्र नं. ५ का प्रतिनिधिसभा उम्मेदवार कुमोद रायले चुनावी घरदैलो अभियानलाई तीव्र बनाएका छन्। चुनावी एजेन्डा र प्रतिबद्धतासहितको प्रचार सामग्री सार्वजनिक गर्दै उनले मतदातासँग प्रत्यक्ष भेटघाटलाई बढाएका हुन्।

रायले राष्ट्रवाद, धार्मिक पहिचानको संरक्षण, सुशासन र भ्रष्टाचार नियन्त्रणलाई प्रमुख प्राथमिकतामा राखेको बताएका छन्। देशमा आवश्यक परिवर्तनका लागि जनताको साथ आवश्यक रहेको उल्लेख गर्दै उनले हलो चिन्हमा मतदान गर्न आग्रह गरेका छन्।

घरदैलो र चुनावी कार्यक्रममार्फत मतदातासँग संवाद गर्दै उनले आफ्नो एजेन्डाका आधारमा जनसमर्थन प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।
Sarita Karmakar