अनेरास्ववियु द्वारा बालेन साहको पुत्ला दहन
काठमाडौं । अनेरास्ववियुले दाङमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ‘सूर्य’ चिह्न अंकित झन्डा जलाइएको घटनाको विरोध गर्दै काठमाडौंमा मसाल जुलुस निकालेको छ।
अनेरास्ववियुले मंगलबार राष्ट्रिय रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर क्याम्पस) बाट मसाल जुलुस सुरु गरेको थियो। जुलुस भृकुटीमण्डपतर्फ अघि बढ्दै विरोध सभामा परिणत भएको थियो।
प्रदर्शनका क्रममा विद्यार्थीहरूले बालेन्द्र शाहको पुत्ला दहन गरेका थिए। साथै उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विरुद्ध नाराबाजीसमेत गरेका थिए।
अनेरास्ववियुले दाङमा एमालेको चुनाव चिह्न अंकित झन्डा जलाइएको घटनालाई निन्दनीय र आपत्तिजनक भएको बताउँदै दोषीमाथि कारबाहीको माग गरेको छ।
यस घटनाप्रति सम्बन्धित पक्षको आधिकारिक धारणा आउन बाँकी रहेको छ।
