देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
बिराटनगर । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको उच्च स्रोतले जनाएको छ।
स्रोतका अनुसार अदालतले पक्राउ अनुमति दिइसकेको भए पनि दुवै जना हाल विदेशमा रहेकाले तत्काल पक्राउ गर्न सम्भव भएको छैन।
यसअघि ‘जेनजी आन्दोलन’ का क्रममा देउवा निवास, बुढानीलकण्ठमा नगद रकम फेला परेको विषय सार्वजनिक भएपछि उक्त प्रकरणमा अनुसन्धान अघि बढाइएको थियो। त्यसपछि सम्पत्ति शुद्धीकरण विभागले मुचुल्का उठाउँदै थप प्रक्रिया अगाडि बढाएको थियो।
