महोत्तरीमा मोटरसाइकल ठोक्किँदा ३ परीक्षार्थीको मृत्यु, ३ घाइते

महोत्तरीको एकडारा गाउँपालिका–५ स्थित बखरी चौक नजिक मंगलबार दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा ३ जना परीक्षार्थीको मृत्यु भएको छ।

बर्दिवास–जलेश्वर सडकखण्ड अन्तर्गत भएको उक्त दुर्घटनामा एसईई परीक्षा दिएर घर फर्कँदै गरेका ३ विद्यार्थीको ज्यान गएको महोत्तरीका प्रहरी उपरीक्षक हेरेम्ब शर्माले जानकारी दिएका छन्।

प्रहरीका अनुसार दुर्घटनामा परी अन्य ३ जना घाइते भएका छन्। घटनास्थलबाट तीन जनाको प्रवेश पत्र समेत फेला परेको छ। घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

Sarita Karmakar