हवाई इन्धनको मूल्य वृद्धि
नेपाल आयल निगम ले हवाई इन्धनको मूल्य उल्लेख्य रूपमा वृद्धि गरेको छ।
निगम सञ्चालक समितिको निर्णयअनुसार आन्तरिक उडानतर्फ प्रयोग हुने हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय २४ रुपैयाँले बढाइएको हो। यसअघि प्रतिलिटर १ सय २७ रुपैयाँ रहेको इन्धन अब बढेर २ सय ५१ रुपैयाँ पुगेको छ।
त्यसैगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा पनि वृद्धि गरिएको छ। प्रतिकिलोलिटर ८ सय १९ अमेरिकी डलरले मूल्य बढाइएपछि काठमाडौंमा हवाई इन्धनको नयाँ मूल्य प्रतिकिलोलिटर १ हजार ७ सय ८५ अमेरिकी डलर कायम भएको छ। यसअघि उक्त मूल्य ९ सय ६६ अमेरिकी डलर रहेको थियो।
निगमका अनुसार अर्को सूचना जारी नभएसम्म पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् रहनेछ।
