पूर्वप्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमै उपचाररत

बिराटनगर । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को त्रिवि शिक्षण अस्पताल मा उपचार भइरहेको छ।

शनिबार पक्राउपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएका ओलीलाई हाल आइसोलेसनमा राखेर उपचार गरिँदै आएको छ। अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरे पनि उनको स्वास्थ्य अवस्था सामान्य नभएकाले अझै डिस्चार्ज गरिएको छैन।

अस्पतालका प्रवक्ता डा. गोपाल सेढाइँका अनुसार ओलीको मिर्गौला, उच्च रक्तचाप, पित्तथैलीमा पत्थरी तथा मधुमेहसम्बन्धी समस्या देखिएकाले विस्तृत परीक्षणपछि मात्रै डिस्चार्ज गर्ने अवस्था रहनेछ।

उनका अनुसार बहुविध स्वास्थ्य समस्या भएकाले केही दिन अझै अस्पतालमै राखेर उपचार गर्नुपर्ने देखिएको छ।

Sarita Karmakar