सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । सिंहदरबार मा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएपछि सोमबार बसेको यो दोस्रो मन्त्रिपरिषद् बैठक हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा सरकारले अघि सारेका विभिन्न कार्ययोजनाहरूको कार्यान्वयनबारे छलफल हुने जनाइएको छ। साथै समसामयिक राजनीतिक र प्रशासनिक विषयमा समेत निर्णय हुने अपेक्षा गरिएको छ।

यद्यपि बैठकका औपचारिक एजेन्डाबारे भने अहिलेसम्म सार्वजनिक गरिएको छैन। सरकार गठनपछिका प्रारम्भिक बैठकहरूमा नीतिगत प्राथमिकता र कार्यान्वयनका खाका तय गरिने भएकाले यस बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।

Sarita Karmakar