सुन र चाँदीको मूल्यमा गिरावट, तोलामा २,५०० रुपैयाँसम्म घट्यो

बिराटनगर । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ५०० रुपैयाँले घटेको हो। आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ।

यसअघि आइतबार छापावाला सुन प्रतितोला २ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ। आइतबार प्रतितोला ४ हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार २० रुपैयाँले घटेर ४ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण स्थानीय बजारमा पनि मूल्य समायोजन भएको हो।

Sarita Karmakar