शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान, आज महत्वपूर्ण निर्णयको अपेक्षा
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री शाहले सोमबार दिउँसो ४ बजे सिंहदरबारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।
यो बैठक शाह नेतृत्वको सरकार गठनपछि बस्न लागेको दोस्रो मन्त्रिपरिषद् बैठक हो। यसअघि शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएका शाहले सोही दिन पहिलो मन्त्रिपरिषद् बैठक आयोजना गरेका थिए।
पहिलो बैठकले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै एक सय बुँदे कार्यसूची पारित गरेको थियो। आज बस्ने बैठकले पनि समसामयिक विषयमा केन्द्रित रहेर विभिन्न महत्त्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।
