सामाजिक अभियन्ता पबित्रा दाशलाई स्टेट सिनेटर जेसिका रामोसद्वारा सम्मान
न्युयोर्क । सामाजिक अभियन्ता तथा अधिकारकर्मी पबित्रा दाश लाई हालै ‘स्टेट अफ द डिस्ट्रिक्ट टाउन हल’ कार्यक्रममा स्टेट सिनेटर जेसिका रामोस द्वारा सम्मान प्रदान गरिएको छ।
पबित्रा दाश ११ वर्षको उमेरदेखि सामाजिक कार्यमा सक्रिय छिन् र हाल अधिकार (Adhikaar) संस्थामा कार्यरत छिन्। अधिकार एक महिला नेतृत्वमा संचालित समुदाय र श्रमिक केन्द्र हो, जसले क्वीन्स, न्युयोर्कमा बसोबास गर्ने कम आय भएका नेपालीभाषी आप्रवासीहरू (नेपाल, भुटान, भारत, म्यानमार, र तिब्बतबाट) र अन्य प्रभावित समुदायको सामाजिक न्याय र मानवअधिकार संरक्षणमा सहयोग पुर्याउँछ।
यो सम्मान नेपाली समुदाय र मजदुरहरूको जीवनस्तर सुधारमा पबित्राले पुर्याएको ठोस योगदानको उच्च कदरको रूपमा लिइएको छ। पबित्राले अमेरिकामा बसोबास गर्ने नेपालीभाषी समुदायका लागि आवाज उठाउँदै, उनीहरूको अधिकार र सामाजिक समावेशीताका लागि निरन्तर काम गरिरहेकी छन्।

