लागूऔषध गाँजासहित दुई भारतीय नागरिक पक्राउ

विराटनगर। विराटनगर महानगरपालिका–३ स्थित बरगाछी चोकमा लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङ जिल्ला का अनुसार शुक्रबार दिउँसो करिब १ बजे बरगाछी चोकको सडक खण्डमा पैदल हिँडिरहेका उनीहरूलाई शंका लागी जाँच गर्दा निलो रङको झोलाभित्र प्लास्टिकले बेरेर राखिएको ११ वटा प्याकेटमा करिब ११.५२ केजी लागूऔषध गाँजा फेला परेको हो।

पक्राउ पर्नेहरूमा भारतको अररिया जिल्ला निवासी सिकेन्द्र सिंहका १८ वर्षीय छोरा पृथ्वी कुमार सिंह र सोही स्थानका बिनोद सिंहका २२ वर्षीय छोरा कृष्ण कुमार सिंह रहेका छन्।

प्रहरीले बरामद गरिएको गाँजा र उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको जनाएको छ।

Sarita Karmakar