मोरङ–२ को अमरदहमा शान्तिपूर्ण रुपमा मतदान सुरु

सुनवर्षी। मोरङ क्षेत्र नम्बर २ अन्तर्गत अमरदहस्थित श्री बिरेन्द्र सार्वजनिक माध्यमिक विद्यालय मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बिहानदेखि नै मतदाताहरु मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्। स्थानीय मतदाताहरु मतदान गर्न आउने र मतदान गरी फर्किने क्रम निरन्तर जारी रहेको छ।

मतदाताहरु उत्साहका साथ आफ्नो मनपर्ने उम्मेदवारलाई विजयी गराउन मतदानमा सहभागी भइरहेका छन्। मतदान केन्द्रमा सुरक्षाकर्मीको उपस्थितिमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ।

Sarita Karmakar