१३ सयले बढ्यो सुनको भाउ, चाँदीमा सामान्य गिरावट

विराटनगर । नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ भने चाँदीको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ३ सय रुपैयाँले बढ्दै प्रतितोला ३ लाख १४ हजार ८०० रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो।

यता चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ। सोमबार प्रतितोला ५ हजार ५९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ५८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्यमा दैनिक परिवर्तन देखिँदै आएको छ।

Sarita Karmakar