सुनको मूल्य बढ्यो, चाँदी सस्तियो

विराटनगर । स्थानीय बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार भने सोही सुनको मूल्य दुई लाख ९९ हजार ७०० रुपैयाँ कायम रहेको थियो, जसअनुसार आज सुन प्रतितोला एक हजार ६०० रुपैयाँले महँगिएको हो।

यता चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला ३० रुपैयाँले सस्तो भई पाँच हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको मूल्य पाँच हजार १९० रुपैयाँ रहेको थियो।

अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको व्यवसायीहरू बताउँछन्।

Sarita Karmakar