सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

बिराटनगर । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार छापावाल सुन प्रतितोला १,२०० रुपैयाँले बढेर ३ लाख १ हजार रुपैयाँ पुगेको छ।

त्यस्तै चाँदी पनि प्रतितोला ९५ रुपैयाँले वृद्धि भई ५ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँ र चाँदी ५ हजार १३० रुपैयाँमा कारोबार भएको थियो।

Sarita Karmakar