झापामा खैरो हिरोइनसहित दुई युवक पक्राउ

झापा । कनकाई नगरपालिका–५ तल्लो चाप्रामारीबाट प्रहरीले खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको संयुक्त टोलीले शुक्रबार बिहान करिब ११:३० बजे गोप्य सूचनाका आधारमा मोटरसाइकल रोकी जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका व्यक्तिबाट ५६३ दशमलव ६२० ग्राम खैरो हिरोइन बरामद गरिएको छ। साथै तीन थान मोबाइल र मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा झापा गाउँपालिका–६ का २२ वर्षीय साफिक उलमियाँ र भारत डिगलबैंक थाना–१ का २२ वर्षीय निसार आलम रहेका छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Sarita Karmakar