पाँच वर्षभित्र शिक्षा क्षेत्रमा सुधार देखिने : मन्त्री पोखरेल

विराटनगर । शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल ले आगामी पाँच वर्षभित्र देशका विभिन्न क्षेत्रमा क्रमशः सुधार हुँदै जाने बताएका छन्।

कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालय को निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले सरकारको पहिलो वर्ष शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी बढाइने जानकारी दिए।

उनले विगतमा पहुँच कम भएका विद्यालय तथा विश्वविद्यालयलाई विशेष प्राथमिकतामा राखेर काम गरिने उल्लेख गरे। “आगामी पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार गर्दै जानेछौँ। पहुँच कम भएका क्षेत्रमा लगानी र अनुदान पनि बढाइनेछ,” मन्त्री पोखरेलले भने।

शिक्षा क्षेत्रको समग्र सुधारका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै उनले प्राथमिकतामा परेका कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीलाई निर्देशनसमेत दिएका छन्।

Sarita Karmakar