प्रतिनिधि सभा बैठक भोलि दिउँसो १ बजे बस्ने

बिराटनगर । प्रतिनिधि सभाको बैठक भोलि (बुधबार) दिउँसो १ बजे बस्ने भएको छ।

सभामुख डोलप्रसाद अर्यालले मंगलबारको बैठक अन्त्य गर्दै भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्।

आजको बैठकमा सांसदहरूले शून्य समयमा समसामयिक विषय उठाएका थिए। साथै, राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त चलचित्र सम्बन्धी विधेयक पनि बैठकमा प्रस्तुत गरिएको थियो।

अब भोलिको बैठकमा उक्त विधेयकमाथि थप छलफल हुने सम्भावना रहेको छ।

Sarita Karmakar