लागुऔषध कारोबार गर्ने पक्राउ
काठमाडौं । काठमाडौंको पिंगलास्थान क्षेत्रमा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ।
लागुऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले गएराति विशेष सूचनाका आधारमा कारबाही गरेको हो। प्रहरीले नियन्त्रणमा लिन खोज्दा अभियुक्तहरूले भाग्न खोजेपछि अवस्था नियन्त्रणमा लिन गोली चलाइएको बताइएको छ।
कारबाहीका क्रममा प्रहरीले एक किलोभन्दा बढी खैरो हेरोइन र उनीहरूले प्रयोग गरेको गाडी समेत बरामद गरेको जनाएको छ। पक्राउ परेकाहरूको पहिचान खुलाइएको छैन।
घटनामा संलग्न व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
