ओलीको उपचार सुनिश्चित गर्न अदालतको आदेश, पाँच दिन म्याद थप
बिराटनगर । पक्राउ परेका केपी शर्मा ओली को स्वास्थ्य उपचारमा प्रभावकारी व्यवस्था गर्न अदालतले आदेश दिएको छ।
जिल्ला अदालत काठमाडौं का न्यायाधीश आनन्दप्रसाद श्रेष्ठ को इजलासले पाँच दिन म्याद थपको अनुमति दिँदै ओलीको आवश्यक र प्रभावकारी उपचारको व्यवस्था मिलाउन निर्देशन दिएको हो।
न्यायाधीश श्रेष्ठद्वारा जारी आदेशमा भनिएको छ कि प्रतिवादी ओली अस्वस्थ भई उपचारका लागि अस्पतालमा रहेकाले उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उचित उपचार सुनिश्चित गरिनुपर्नेछ।
पक्राउलगत्तै अस्पताल भर्ना गरिएका ओली हाल स्वास्थ्य समस्याका कारण आइसोलेसनमा रहेका छन्। उनी अस्वस्थ रहेकाले इजलासमा भर्चुअल माध्यमबाट उपस्थित भएका थिए।
ओलीलाई हिजो बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरिएको थियो।
