रामकुमारी झाँक्रीद्वरा ओलीको पक्राउप्रति आपत्ति
काठमाडौं । नेकपा एमालेकी नेतृ तथा राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउप्रति आपत्ति जनाएकी छिन्।
सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा सार्वजनिक गर्दै झाँक्रीले गौरी बहादुर कार्की आयोगको प्रतिवेदन एकपक्षीय र पूर्वाग्रहपूर्ण रहेको आरोप लगाएकी हुन्। उनले पूर्वप्रधानमन्त्री ओलीको गिरफ्तारी गैरकानुनी तथा राजनीतिक प्रतिशोधबाट प्रेरित भएको बताएकी छिन्।
झाँक्रीले उक्त कदमको विरोध गर्दै आफूहरू कानुनी र राजनीतिक दुवै मोर्चाबाट सशक्त रूपमा प्रतिवाद गर्ने स्पष्ट पारेकी छिन्। साथै, उनले लोकतान्त्रिक मूल्य र विधिको शासनमाथि प्रहार हुने कुनै पनि कार्य स्वीकार्य नहुने उल्लेख गरेकी छिन्।
