ओली शिक्षण अस्पतालमा भर्ना, स्वास्थ्य परीक्षण जारी
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली लाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल मा भर्ना गरिएको छ। शनिबार बिहान पक्राउ परेलगत्तै उनलाई परीक्षणका लागि अस्पताल लगिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चिकित्सकको सल्लाहअनुसार उनलाई अस्पतालमै भर्ना गरिएको हो। हाल उनी अस्पतालको ‘एनेक्स वान’ भवनस्थित ५०१ नम्बर बेडमा उपचाररत छन्।
अस्पताल स्रोतका अनुसार ओलीको रगत परीक्षण, भिडियो एक्स–रे लगायतका विभिन्न स्वास्थ्य जाँच गरिएको छ। मिर्गौला प्रत्यारोपण गराइसकेका बिरामी भएकाले उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै निगरानीमा राखिएको जनाइएको छ।
ओलीको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ भने चिकित्सक टोलीले नियमित रूपमा परीक्षण गरिरहेको बताइएको छ।
