पूर्वप्रधानमन्त्री ओली पक्राउ, पूर्व गृहमन्त्री लेखक पनि हिरासतमा

काठमाडौं ।  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई प्रहरीले शनिबार भक्तपुरस्थित गुण्डु निवासबाट पक्राउ गरेको छ। यसअघि सोही दिन तत्कालीन गृहमन्त्री रमेश लेखक लाई पनि नियन्त्रणमा लिइएको थियो।

नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि यो कारबाही अगाडि बढाइएको हो।

‘जेनजी’ प्रदर्शनका क्रममा अत्यधिक बल प्रयोग भएको घटनाको छानबिन गर्दै आयोगले पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकमाथि फौजदारी मुद्दा दर्ता गरी अनुसन्धान गर्न सिफारिस गरेको थियो।

Sarita Karmakar