न्युयोर्कमा ‘श्रिमद्भागवत कथा’ आयोजना हुने, धार्मिक तथा सामाजिक उद्देश्य जोडिने

न्युयोर्क । आगामी मे महिनामा अमेरिकाको न्युयोर्कस्थित क्वीन्समा “श्रिमद्भागवत कथा” आयोजना हुने भएको छ। Hami Nepali International ले Revel Events Inc सँगको सहकार्यमा उक्त धार्मिक कार्यक्रम गर्न लागेको हो।

मे १५ देखि १७, २०२६ सम्म सञ्चालन हुने यस कार्यक्रम “वेदिक ज्ञानमय प्रवचन” को रूपमा प्रस्तुत गरिनेछ, जसमा प्रसिद्ध प्रवचनकर्त्री Devi Pratibha को विशेष उपस्थिति रहने आयोजकले जनाएको छ।

कार्यक्रम क्वीन्सको वुडसाइडस्थित Shree Divya Dham Mandir मा आयोजना हुनेछ। तीन दिनसम्म चल्ने कथामा ‘कलश यात्रा’ तथा नियमित कथा वाचन समावेश गरिएको छ। आयोजकका अनुसार, पहिलो दिन बिहानदेखि ‘कलश यात्रा’ सहित कथा आरम्भ हुनेछ भने अन्य दिनहरूमा पनि बिहान र साँझको सत्रमा कथा वाचन हुने तालिका तय गरिएको छ।

यस धार्मिक कार्यक्रमको मुख्य उद्देश्य ‘क्रियापुत्री भवन तथा गुम्बा निर्माण’ का लागि सहयोग जुटाउनु रहेको बताइएको छ। आयोजकले सम्पूर्ण सहयोगीहरूलाई योगदान गर्न आग्रह गर्दै “प्रत्येक दानले अर्थपूर्ण परिवर्तन ल्याउने” उल्लेख गरेका छन्। साथै, संकलित सम्पूर्ण सहयोग कर छुट योग्य (tax-deductible) हुने जानकारी पनि दिइएको छ।

कार्यक्रममा विभिन्न सामुदायिक संस्था तथा सञ्चारमाध्यमहरूको समेत सहकार्य रहनेछ। आयोजकले न्युयोर्क तथा आसपासका नेपाली समुदायलाई सहभागिता जनाई आध्यात्मिक लाभ लिन आह्वान गरेका छन्।

कार्यक्रमसम्बन्धी थप जानकारीका लागि आयोजकले सम्पर्क नम्बरहरू समेत सार्वजनिक गरेको छ।

Sarita Karmakar