सिरहा अदालत अगाडि बम विस्फोट, एक जना घाइते
सिरहा । सिरहा सदरमुकामस्थित जिल्ला अदालत अगाडि रहेको मधेश ल फर्ममा बम विस्फोट भएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकका अनुसार बुधबार दिउँसो करिब ४ बजे विस्फोट भएको हो। विस्फोटमा एक जना घाइते भएका छन्।
घाइते व्यक्तिलाई उपचारका लागि प्रादेशिक अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा उक्त विस्फोट सुतली बमबाट भएको अनुमान गरिएको छ। घटनास्थलमा नेपाल प्रहरी तथा सुरक्षा निकायको टोली पुगेको छ र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
