सुनको मूल्य ३८ सयले बढ्यो, चाँदी पनि महँगियो
बिराटनगर । स्थानीय बजारमा मंगलबार सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार (फागुन २६) छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ८ सय रुपैयाँले बढेर ३ लाख १७ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ३१० रुपैयाँले बढेर ५ हजार ७२० रुपैयाँ पुगेको छ।
अघिल्लो कारोबार दिनमा चाँदी प्रतितोला ५ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो।
