मतदान सम्पन्न, मतपेटिका सिल गर्ने तयारी

बिराटनगर। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्य साँझ ५ बजे औपचारिक रूपमा सम्पन्न भएको छ।

निर्वाचन आयोगका अनुसार साँझ ५ बजेसम्म मतदान केन्द्रको परिसरभित्र प्रवेश गरिसकेका तथा लाइनमा बसेका मतदाताले भने आफ्नो मताधिकार प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ। त्यसैले लाइनमा रहेका अन्तिम मतदाताले मतदान गरिसकेपछि मात्र सम्बन्धित केन्द्रको मतदान प्रक्रिया पूर्ण रूपमा टुंगिने जनाइएको छ।

मतदान सम्पन्न भएका केन्द्रहरूमा अब मुचुल्का उठाएर मतपेटिका सिल गर्ने प्रक्रिया सुरु हुने तयारी भइरहेको छ। सिल गरिएका मतपेटिकाहरूलाई कडा सुरक्षा व्यवस्थाका बीच सम्बन्धित क्षेत्रको मुख्य निर्वाचन अधिकृतको कार्यालय वा तोकिएको मतगणना स्थलमा ढुवानी गरिनेछ।

निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सुरक्षाकर्मी तथा निर्वाचनमा खटिएका कर्मचारीहरू सक्रिय रूपमा परिचालित रहेका छ।

Sarita Karmakar