मोरङमा ४ बजेसम्म ५१.९४ प्रतिशत मतदान

मोरङ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मोरङमा बिहीबार दिउँसो ४ बजेसम्म ५१.९४ प्रतिशत मतदान सम्पन्न भएको छ।

जिल्ला निर्वाचन कार्यालयले उपलब्ध गराएको पछिल्लो तथ्यांक अनुसार हालसम्म सबैभन्दा बढी मतदान मोरङ क्षेत्र नम्बर ५ मा भएको छ। उक्त क्षेत्रमा ५८.४२ प्रतिशत मत खसेको छ।

त्यसैगरी क्षेत्र नम्बर ४ मा ५७.४९ प्रतिशत, क्षेत्र नम्बर ६ मा ५६.४७ प्रतिशत, क्षेत्र नम्बर १ मा ५२.१६ प्रतिशत, क्षेत्र नम्बर ३ मा ४५.८८ प्रतिशत र क्षेत्र नम्बर २ मा ४४.६० प्रतिशत मतदान भएको छ।

जिल्लामा रहेका कुल ८ सय ८८ मतदान केन्द्रमध्ये हालसम्म ४ लाख ६ हजार ७१५ मतदाताले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्। तीमध्ये १ लाख ९७ हजार ६६६ पुरुष र २ लाख ९ हजार ४९ महिला मतदाता रहेका छन्।

 

बिहानको तुलनामा दिउँसो मतदान केन्द्रहरूमा मतदाताको उपस्थिति उल्लेख्य रूपमा बढेको देखिएको छ। जिल्लाका सबै मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ।

Sarita Karmakar