राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा मतदान
बिराटनगर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन ले मतदान गरेका छन्।
उनले हल्दिवारी गाउँपालिका–१ स्थित वडा कार्यालयमा रहेको मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका हुन्।
आज बिहानै मतदान केन्द्र पुगेर लिङ्देनले मतदान गरेका हुन्। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत देशभरका मतदान केन्द्रमा बिहानैदेखि मतदान जारी रहेको छ। निर्वाचन आयोगका अनुसार मतदाताले अपराह्न ५ बजेसम्म मतदान गर्न पाउने व्यवस्था गरिएको छ।
