उम्मेदवार शेखर कोइरालाद्वारा मतदान

बिराटनगर। नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार शेखर कोइराला ले मतदान गरेका छन्।

विराटनगर–७ स्थित आदर्श माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट उनले आफ्नो मत खसालेका हुन्। मतदानपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै कोइरालाले निर्वाचन लोकतन्त्रको महत्वपूर्ण अभ्यास भएको उल्लेख गर्दै सबै मतदातालाई उत्साहपूर्वक मतदानमा सहभागी हुन आग्रह गरेका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मोरङ–६ मा विभिन्न दलका उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ। निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

Sarita Karmakar