किड्जी स्कुलमा उल्लासमय होली उत्सव
बिराटनगर । विराटनगरस्थित किड्जी स्कुलमा होली पर्वको अवसरमा शिक्षक तथा विद्यार्थीहरूले भव्य रूपमा होली मनाएका छन्। विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई अबिर लगाइ नाचगान गर्दै उत्सव मनाइएको हो।
सो अवसरमा विद्यार्थीहरू उत्साहका साथ रङ खेल्दै गीत–संगीतमा रमाएका थिए। होली पर्वलाई सुरक्षित र रमाइलो वातावरणमा मनाउँदै विद्यालयले आपसी सद्भाव र खुशी साटासाट गर्ने सन्देश दिएको जनाएको छ।
तस्बिर;-


