नेपाल डे परेड २०२६ का लागि कार्यसम्पादन समिति तथा विभिन्न उपसमिति गठन

न्युयोर्क ‌। Non-Resident Nepali Association (एनआरएनए) अन्तर्गतको NRNA NCC New York च्याप्टरको आव्हानमा सन् २०२६ फेब्रुअरी २२ मा आयोजित टाउन हल बैठकले नेपाल डे परेड २०२६ लाई सफल र भव्य रूपमा सम्पन्न गर्ने उद्देश्यसहित कार्यसम्पादन समिति तथा विभिन्न उपसमितिहरू गठन गरेको छ।

उक्त भेलामा न्युयोर्कस्थित नेपाली समुदायका अगुवा व्यक्तित्वहरू, सामाजिक अभियन्ताहरू, सांस्कृतिककर्मी, व्यवसायी, युवा प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले नेपाल डे परेडलाई अझ व्यवस्थित, प्रभावकारी र समुदायमुखी बनाउने विषयमा खुला छलफल गरेका थिए।

बैठकले आगामी परेडलाई विगतभन्दा अझ व्यापक र समावेशी बनाउने लक्ष्यसहित जिम्मेवारी बाँडफाँट गर्दै सर्वसम्मत रूपमा समिति गठन गरेको हो। नेपाल डे परेडको विधानअनुसार एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष नै परेडका अध्यक्ष रहने प्रावधानअनुसार एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष बासु लामिछाने Nepal Day Parade 2026 का अध्यक्ष बनेका छन्।

त्यसैगरी, व्यापक छलफल र सहमतिपछि ए.पी. लामा सर्वसम्मत रूपमा नेपाल डे परेड २०२६ का संयोजक (Convener) चयन भएका छन्।

नेपाल डे परेड २०२६

कार्यसम्पादन समिति तथा विभिन्न उपसमितिहरूः- 

अध्यक्ष

* बासु लामिछाने

संयोजक

* ए.पी. लामा

प्रदेश संयोजकहरूः

१. कोशी प्रदेश – सुवास केसी

२. मधेस प्रदेश – कुन्दल प्रसाद साह

३. बागमती प्रदेश – गोपी ढुङ्गाना

४. गण्डकी प्रदेश – जीवनाथ कँडेल

५. लुम्बिनी प्रदेश – परशुराम पन्थी

६. कर्णाली प्रदेश – विमल डाँगी

७. सुदूरपश्चिम प्रदेश – नबिन ओझा

विभिन्न समिति संयोजकहरूः- 

* मूल आयोजक समिति संयोजक – अमित पाण्डे

* आर्थिक संयोजक – कृष्ण लामिछाने

* कार्यक्रम व्यवस्थापन संयोजक – रश्मि श्रेष्ठ

* मिडिया संयोजक – बेगम पण्डित (त्रिवेणी टाइम्स)

* प्रचार–प्रसार संयोजक – देवकी पन्त

* मञ्च व्यवस्थापन – सफोल्क काउन्टी नेपाली समाज

* ट्रक व्यवस्थापन – लङ्गआइल्याण्ड नेपाली समाज

* अतिथि सत्कार संयोजक – शान्ति जिरेल / रोशनी सिंह खड्का

* समुदाय सम्पर्क संयोजक – ओम विश्वकर्मा

* र्‍याली व्यवस्थापन संयोजक – बलभद्र खडायत / पुष्कर खनाल

* सांस्कृतिक संयोजक – बसन्ती राई

* स्वयंसेवक संयोजक – हाम्रो पोखरा यूएसए / सिन्धु यूएसए वेलफेयर सोसाइटी

* झाँकी व्यवस्थापन संयोजक – राईमन महारा

* विदेशी पाहुना संयोजक – सोमनाथ घिमिरे

सह–संयोजकहरूः

१. ध्रुव कुँवर

२. मिलन शाही

३. कृष्ण आचार्य

४. राजन गौली

५. राजु तामाङ

६. चमेली खाती परियार

७. रायभान महरा

८. शंकर पौडेल

९. प्रदीप खड्का

१०. सूर्य पौडेल

११. तुलसी आचार्य

नवगठित कार्यसमितिले समुदायका विभिन्न संघ–संस्था, स्थानीय निकाय तथा सरोकारवाला निकायहरूसँग समन्वय गर्दै आर्थिक स्रोत संकलन, स्वयंसेवक परिचालन, प्रचार–प्रसार तथा सांस्कृतिक कार्यक्रमको तयारी तत्काल अगाडि बढाउने निर्णय गरेको जनाएको छ।

आयोजकहरूका अनुसार सन् २०२६ को नेपाल डे परेडमा न्युयोर्क तथा आसपास क्षेत्रमा रहेका युवा समूह, कलाकार, सांस्कृतिक संस्थाहरू, व्यवसायी तथा पेशाकर्मीहरूको अझ व्यापक सहभागिता सुनिश्चित गरिनेछ। साथै, अमेरिकी मूलधार समाजसँग नेपाली समुदायको पहिचान र सम्बन्ध सुदृढ गर्ने लक्ष्य पनि राखिएको छ।

नेपाल डे परेड न्युयोर्कस्थित नेपाली डायस्पोराका लागि सबैभन्दा महत्वपूर्ण तथा प्रतिष्ठित सांस्कृतिक कार्यक्रमहरूमध्ये एकका रूपमा स्थापित हुँदै गएको छ। यस परेडले नेपालको भाषा, भेषभूषा, कला, संस्कृति, संगीत, नृत्य र परम्परागत परिकारहरूको सार्वजनिक प्रदर्शनमार्फत विदेशमा बसोबास गर्ने नेपालीबीच आपसी एकता, पहिचान, गौरव र सांस्कृतिक संरक्षणलाई थप मजबुत बनाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

नेपाल डे परेड २०२६ लाई ऐतिहासिक, भव्य र स्मरणीय बनाउन सम्पूर्ण समुदायलाई एकताबद्ध रूपमा सहभागिता जनाउन आयोजक समितिले आग्रह गरेको छ।

Sarita Karmakar