न्यु प्रतिक्षा पोलि क्लिनिक द्वारा ५ वर्षदेखि विशेषज्ञ स्वास्थ्य सेवा
विराटनगर । बिराटनगर, वडा नं. ७, कोशी अञ्चल अस्पताल अगाडि अवस्थित न्यु प्रतिक्षा पोलि क्लिनिकले विगत ५ वर्षदेखि गुणस्तरीय तथा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ। बिरामीको विश्वास र अत्याधुनिक सेवाका कारण क्लिनिकले छोटो समयमै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ।
क्लिनिकमा प्रसूति तथा स्त्रीरोग सम्बन्धी सम्पूर्ण सेवा, निशन्तान दम्पतीसम्बन्धी उपचार सेवा, डेन्टल तथा ओरल सर्जरी, नाक–कान–घाँटी (ENT) सेवा, जनरल फिजिसियन सेवा, नवजात शिशु तथा बालरोग सेवा, जनरल तथा ल्याप्रोस्कोपी सर्जरी, नसा तथा हड्डी रोग उपचार सेवा उपलब्ध छन्। साथै रेडियोलोजी तथा अल्ट्रासाउन्ड, पेथोलोजी, ECG तथा फार्मेसी सेवा समेत एकै स्थानबाट प्रदान गरिँदै आएको छ।
क्लिनिकमा अनुभवी तथा विशेषज्ञ चिकित्सकहरूको टोलीद्वारा सेवा प्रदान हुँदै आएको छ।
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. रेनुका राठी, ओरल एण्ड म्याक्सिलो फेसियल सर्जन डा. सुधिर श्रेष्ठ, अर्थोडोन्टिक तथा डेन्टोफेसियल अर्थोपेडिक विशेषज्ञ डा. मनोजकुमार सरदार, सिनियर फिजिसियन डा. विनोद कुमार यादव, वरिष्ठ नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. केदार मण्डल, वरिष्ठ अर्थोपेडिक सर्जन डा. फैयाज अंसारी तथा वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपी सर्जन डा. संजिव मण्डलले आफ्नो विशेषज्ञता मार्फत सेवा प्रदान गर्दै आइरहनुभएको छ।
स्थानीय स्तरमै विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा आएको क्लिनिकले बिरामीको सहजता, विश्वसनीयता र गुणस्तरलाई प्राथमिकतामा राख्दै सेवा विस्तार गर्दै आएको व्यवस्थापनले जनाएको छ।
