ठगी तथा अपराधिक लाभ कसुरमा एक पक्राउ

बिराटनगर । लागूऔषध मुद्दामा ‘केश मिलाइदिन्छु’ भन्दै नगद रकम असुल गरेको आरोपमा मोरङमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं. ६ बस्ने वर्ष ३५ की छवी शर्मालाई ठगी तथा अपराधिक लाभ कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पीडितले लागूऔषध सम्बन्धी मुद्दा मिलाइदिने बहानामा नगद रु २ लाख रुपैयाँ लिएको भन्दै उजुरी दिएका थिए।

उक्त उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पथरी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले मिति २०८२ साल माघ १ गते बेलुका करिब १८:०० बजे शर्मालाई निजकै घरबाट पक्राउ गरेको हो।

प्रहरीले मिति २०८२ साल माघ ४ गते ठगी तथा अपराधिक लाभ कसुरमा मुद्दा दर्ता गरी ७ दिनको म्याद लिई थप अनुसन्धान कार्य अगाडि बढाइएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Sarita Karmakar