सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार–आइतबार बिदा लागू
बिराटनगर । सरकारले भोलिदेखि लागू हुनेगरी देशभरका सरकारी कार्यालय तथा शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेल का अनुसार पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहज अवस्थालाई मध्यनजर गर्दै यो कदम चालिएको हो।
उनका अनुसार निर्णय चैत २३ गतेदेखि लागू हुनेछ। बिदा प्रणाली लागू भएसँगै सरकारी सेवा र विद्यालय सञ्चालन नयाँ समयतालिका अनुसार व्यवस्थित गरिने जनाइएको छ।
सरकारले इन्धन आपूर्तिमा परेको दबाब कम गर्ने र व्यवस्थापन सहज बनाउने उद्देश्यले दुई दिन सार्वजनिक बिदा दिने नीति अघि सारेको जनाएको छ।
